पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७ ३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

‘सडकमा ठूलठूला ढुंगासहितको पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने देखिन्छ,’ डीएसपी रिजालले नेपालखबरसँग भने, ‘हाम्रो टोली घटनास्थलमा पुगिसेकेको छ। सडक विभागसँग समन्वय गरेर पहिरो पन्छाउने काम हुँदैन।’ 

उनले पहिरोले दुईतर्फी नै सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु रोकिएका बताए। 

Recent Comments

No comments to show.