‘प्लस टु’मा विश्व निकेतनको उत्कृष्ट नतिजा

‘प्लस टु’मा विश्व निकेतनको उत्कृष्ट नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२  अर्थात ‘प्लस टु’ को नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए।

विद्यालयमा अध्ययन गरेका व्यवस्थापन बिषयका छात्र प्रशेन्जित शाक्यले ३ दशमलव ९५ जिपिए ,विज्ञान बिषयका छात्रा आङक्षा तामाङले ३ दशमलव ९५ जिपिए  र कानुन विषयका छात्रा प्रविना कंडेलले ३ दशमलव ८८ जीपिए ल्याएका छन् ।

विद्यालयबाट ‘प्लस टु’  को परीक्षामा सहभागि १ हजार १ सय १४ जना विद्यार्थी सहभागि मध्ये ९ सय ८० जना विद्यार्थी उतीर्ण भएका छन जुन ९० प्रतिशत हो । 

यस्तै ३.६१ देखि ४.०० जिपिए ल्याउने विद्यार्थी संख्या १६५, जिपिए  ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थी संख्या ४३९ , जिपिए २.८१ देखि ३.२० ल्याउने ३२५, २.४१  देखि २.८० ल्याउने संख्या ५६ जना रहेको विद्यालयका प्रधानाध्यापक कँडेलले जानकारी दिए ।

शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको सक्रियताले नै ‘प्लस टु’मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय प्रधानाध्यापक कँडेलले बताए ।

विगतमा ‘प्लस टु’ को नतिजा विद्यालयका विद्यार्थीहरुले राम्रो शैक्षिक नतिजा ल्याउने गरेकोले अभिभावक र विद्यार्थीको रोजाईमा यो विद्यालय रहेको छ ।

पुरक परीक्षा भदौ २५ र २६ मा 

बोर्डले नतिजा सार्वजनिकसँगै अनुतिर्ण अर्थात् दुईवटा विषय लागेका विद्यार्थीको लागि पुरक परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

शुक्रबार जारी सूचना अनुसार पुरक परीक्षा २५ र २६ भदौमा सञ्चालन गरिने छ । दुई वटा विषयमा अनुतिर्ण १ लाख २७ हजार ७०७ परीक्षार्थीले पुरक परीक्षा दिन पाउनेछन् । अन्य विद्यार्थीले भने अर्को वर्ष नै कुर्नुपर्ने छ । तर, विद्यार्थीले अर्को वर्ष परीक्षा दिँदा जुन जुन विषयमा एनजी आएको छ सोहि विषयको मात्रै परीक्षा दिए पुग्छ ।

Recent Comments

No comments to show.