१ वर्षमा थपिए भ्याट तिर्ने २६ हजार करदाता

१ वर्षमा थपिए भ्याट तिर्ने २६ हजार करदाता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा मूल्य अभिवृद्धिकर (भ्याट)मा २६ हजार ५०६ वटा नयाँ कम्पनी/व्यक्ति भ्याटमा दर्ता भएका छन् ।

२०८० असार मसान्तसम्म भ्याटमा ३ लाख ८ हजार ४४७ जना दर्ता रहेकोमा २०८१ असार मसान्तमा ३ लाख ३५ हजार पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

गत वर्ष भ्याटमा लाग्ने वस्तुहरूको सूची बढेसँगै भ्याटमा दर्ता हुने करदाता बढेका हुन् । सरकारले आयतित विभिन्न वस्तुहरूका साथै आन्तरिक कारोबार रकमका आधारमा भ्याटमा दर्ता हुनु पर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, स्थायी लेखा (प्यान) नम्बर लिनेको संख्या ६३ लाख ४० हजार पुगेको छ । जसमध्ये व्यक्तिगत प्यान लिनेको संख्या ४२ लाख ६३ हजार, करकट्टी गर्ने निकायले लिएको स्थायी प्यान ८० हजार ४३ र व्यावसायिक प्यान लिनेको संख्या १९ लाख ९२ हजार पुगेको छ ।

गत वर्ष मात्रै ६ लाख १७ हजारले व्यक्तिगत प्यान लिएको लिएको विभागको तथ्यांक छ । त्यस्तै, करकट्टी गर्ने निकायका ५२ हजार र व्यावसायिक स्थायी प्यान १ लाख १६ हजार दर्ता भएका छन् ।

अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ हजार ४०६ करदाता अन्तशुल्कमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ।

Recent Comments

No comments to show.