काठमाडौंका नदी तटीय क्षेत्र खाली गराउने मेयर बालेन शाहको चेतावनी

काठमाडौंका नदी तटीय क्षेत्र खाली गराउने मेयर बालेन शाहको चेतावनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । =काठमाडौं महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । 

काठमाडौं महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका हुन् । 

उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा  धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । मेयर शाहले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

काठमाण्डौ उपत्यकाभित्र बग्ने बाग्मती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटर भित्रको जग्गालाई  सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले यो क्षेत्र खाली गराएरै छाड्ने बताएका छन् । 

उनले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।  लगातारको वर्षाले काठमाण्डौका नदी तटीय क्षेत्र डुबानमा परेपछि मेयर शाहको यो प्रतिक्रिया आएको हो ।

Recent Comments

No comments to show.