नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार

नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । आइतबार एकैदिन ११३ अंकले बढेको नेप्सेमा आज २० अंकको करेक्सन आएको हो ।

प्रफिट बुक गर्नेहरु हाबी हुँदा नेप्सेमा गिरावट आएको हो । सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा आइपुगेको छ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे ३ अर्बले बढेर १९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ३५ महिना यताकै धेरै हो ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएके छ । फाइनानस समूहको परिसूच्क सर्वाधिक १.८८ प्रतिशतले बढेको छ भने व्यापार समूहको ४.५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त समूहको परिसूच्क ३.७१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६१ करोड १२ लाख रुपैयाँ बढीको ९ लाख ८८ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको ५५ करोड बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका मध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्तका सेयरधनीले ८.३५ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.