एक वर्षमा १६ अर्ब ९३ करोडको विद्युत् भारततर्फ निर्यात

एक वर्षमा १६ अर्ब ९३ करोडको विद्युत् भारततर्फ निर्यात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०८०÷८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ।

गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ। सुक्खायाममा खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरूबाट विद्युत् उत्पादन कम हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ। हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ।

ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ। आव २०७९÷८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात गरिएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो।

हाल नेपालले मिडियम टर्म, डेअहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७०० मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको जनाइएको छ।

मध्यकालीन सम्झौताअनुसार थप ४०० मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको बताइएको छ।

Recent Comments

No comments to show.