काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तले एफपीओ जारी पछि कायम हुने चुक्ता पूँजीको १४.००५१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश पारित गर्न लघुवित्तले साउन ३२ गते १२औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा लुभु पार्टी प्यालेस, लुभुमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
लघुवित्तले लाभांश प्रयोजनका लागि साउन २४ गते बुकक्लोज तोकेको छ । सो अनुसार साउन २३ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
प्रतिक्रिया