कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागको सबै सेवा बन्द

कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागको सबै सेवा बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले केही दिनको लागि भिसालगायतका सबै सेवा बन्द गरेको छ। 

विभागले शुक्रबार कार्यालयका सबै कर्मचारीहरुको कोरोना परीक्षणको लागि स्वाब संकलान गराएको थियो। विभागका ५६ जनामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हाे। 

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा फेरि अन्य कर्मचारीको परीक्षण गर्न केही दिनको लागि विभागबाट विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको  विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीमा गरिएको परीक्षणको भने सबैको रिपोर्ट नेगेटिभ आएको विभागले जनाएको छ। 

Recent Comments

No comments to show.