नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सेयर बजार परिसूचक मापक नेप्से मंगलबार ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेपछि सूचक २५६३.४३ बिन्दुमा पुगेको छ ।यो पछिल्लो २९ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन र निर्जीवन बीमा समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ६४ लाख रुपैयाँ बढीको ४ लाख २३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावरको पनि २४ करोड बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र नेपाल वेयर हाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, साहस ऊर्जा, हिमालयन ऊर्जा र ग्लोबल आइएमई ब्यालेन्स फण्डका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

Recent Comments

No comments to show.