एसीसी महिला एसिया कप : नेपालले आज भारतसँग खेल्ने

एसीसी महिला एसिया कप : नेपालले आज भारतसँग खेल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ। त्यसअघि आजै दिउँसो सवा दुई बजे पाकिस्तान र यूएई भिड्ने छन् । 

नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चुनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको उनको भनाइ छ ।

समूह एमा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भारत चार अंकका साथ तालिकाको शीर्ष स्थानमा र दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानले ९ विकेटको जित हात पार्‍यो।

Recent Comments

No comments to show.