काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत प्रहरीका कपाल काट्ने नाईमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।
अहिले कार्यालयमा उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। केही प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।
प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
प्रतिक्रिया