काठमाडौं । नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्याइरहेको अमेरिकी सहयोग नियोग यूएसएआईडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।
नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डिसीमा उनलाई शपथ खुवाएकी छन्।
कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए।
उक्त अवसरमा खरेलले यूएसएआईडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षबारे स्मरण गरिन्।
प्रतिक्रिया