काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ ।
९१ वर्षीय श्रेष्ठको बिहीबार उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनी दुई महिनादेखि निमोनियाबाट पीडित थिइन् । श्रेष्ठलाई ४ वर्ष अघि क्यान्सर भए पनि उनले त्यसलाई जितेकी थिइन् ।
उनी ६ दशक बढी समयदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् । श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
काठमाडौं र धुलिखेलमा द्वारिकाज होटल चलाउँदै आएकी श्रेष्ठले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।
प्रतिक्रिया