स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ ।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।

Recent Comments

No comments to show.