कोरोना भगाउँछु भन्ने ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ प्रमुखको कोरोनाले नै लियो ज्यान

कोरोना भगाउँछु भन्ने ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ प्रमुखको कोरोनाले नै लियो ज्यान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरामा कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिमात्र घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको  धर्म प्रवर्तक एक व्यक्तिको मृत्यु भएको छ । 

आफूलाई प्रभूले कोरोना भगाउने शक्ति दिएको घमण्ड गर्दै आएको  ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ लामाचौर शाखाका प्रमुखको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

रहेका उनले आफूसँग कोरोना भगाउने तागत भएको बताउने गरेको स्थानीयहरु बताउँछन् । 

मसँग कोरोना भगाउने तागत छ भन्दै  लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्दै आएको स्थानियको दाबी रहेको छ । 

उनको परिवारका सदस्यहरु हङकङमा छन् । तर उनी सच्चाई प्रवर्तक भएकै कारण पोखरामा बस्दै आएका थिए । उनको ज्यान कोरोनाले लिएपछि  सन्त्रास फैलियोको छ ।  उनले दैनिक मानिसको भेला गर्दै आएका थिए । 

रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

Recent Comments

No comments to show.