उद्यमशीलता विकासका लागि काँग्रेसले उद्योगमन्त्रीलाई बुझायो १७ बुँदे ज्ञापनपत्र

उद्यमशीलता विकासका लागि काँग्रेसले उद्योगमन्त्रीलाई बुझायो १७ बुँदे ज्ञापनपत्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार विभागका प्रमुख सीता थपलिया (उर्मिला)को नेतृत्वमा गएको टोलीले स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहित उद्योग मन्त्रालय पुगेर भण्डारीलाई १७ बुँदे मागपत्र बुझाएको हो ।

विभागले स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गर्न माग गरेको छ ।

त्यस्तै, विभागले नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न माग गरेको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि ‘नवीन एवम् सिर्जनशील सोच’ लाई स्टार्टअपको विशेषता मानको छ । तर, नवीनताको मापदण्ड भने स्पष्ट नभएको भन्दै कार्यविधि परिमार्जन गर्नुपर्ने माग गरेको हो ।

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ । सो वेबसाइटको दायरा बढाई स्टार्टअप सम्बन्धी सम्पूर्ण जानकारी र प्रक्रियालाई वेबसाइटमा समावेश गर्न विभागले माग गरेको छ ।

विभागले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेको छ ।

भेटपछि मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशिलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताए । ‘अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाईंहरूका सुझाव कार्यान्वयन गर्न पहल गर्छु,’ मन्त्री भण्डारीले भने ।

Recent Comments

No comments to show.