मधेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

मधेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएका छन्।

पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आयाजित सरोकारवालासँगको संवाद कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुने बताए।

‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो,’ उनले भने, ‘पर्यटन एउटा यस्तो माध्यम हो  जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिन्छ।’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको जनाउँदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको जोड दिए।

भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन नसकिरहेको उनले बताए। उनले मधेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गरे।

‘मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन। त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबै हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ,’ मुख्यमन्त्री सिंहले भने।

Recent Comments

No comments to show.