गोङ्गबुमा भेटियो सुटकेशमा शव

गोङ्गबुमा भेटियो सुटकेशमा शव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव भेटिएको छ ।

गणेशस्थान मन्दिरबाट १ सय मिटरभित्र सुटकेशमा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए । 

उनका अनुसार पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो । उनले भने, ‘फोरेन्सिक टोली बोलाएर अनुसन्धान हुँदैछ ।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।

Recent Comments

No comments to show.