काठमाडौं । दक्षिण कोरियाका लागि राजदूत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् ।
‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु’ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा छ ।
मन्त्रिपरिषद्को शुक्रबारकव बैठकले प्याकुरेलसहित ८ जनालाई राजदूत सिफारिस गरेको थियो ।
प्रतिक्रिया