नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असार ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असार ३ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । तर, भोलि सार्वजनिक बिदा परेकाले आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले असार १८ गते २३औं र २४औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा लाभांश पारित गर्ने, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको निर्वाचन गर्ने लगायत एजेण्डा लैजाने छ ।

Recent Comments

No comments to show.