लुम्बिनी सरकारको बजेट ३८ अर्ब ९७ करोड

लुम्बिनी सरकारको बजेट ३८ अर्ब ९७ करोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। संवैधानिक प्रावधानअनुसार असार १ गते प्रदेश सरकारको बजेट पेस गर्नु पर्ने भएकाले आज प्रदेश सरकारले बजेट सार्वजनिक गरेको हो। 

प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको हो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ। मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए।

मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए।

Recent Comments

No comments to show.