मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुगलाई प्रदेशसभाको चालु अधिवेशनमा जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ।
बैठकले महालेखापरीक्षकको छैंटौ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेस गर्न पनि स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए।
प्रतिक्रिया