काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन्। ्
प्रनितिनिधिसभा बैठक स्थगित भएलगत्तै संसद भवनमै पत्रकार सम्मेलन गर्दै थापाले रवि लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएको टिप्पणी गरे।
‘पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम‘ भन्नुहुन्थ्यो। कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो। कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो,’ उनले भने, ‘आज मलाई उहाँ गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने अलिकति अलमल भयो। गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो।’
उनले टेलिभिजन प्रस्तोता हुँदा प्रश्न उठाउने विषय स्वाभाविक रहेको बताए । तर, गृहमन्त्रीले फाइल खोल्दिऊँ ? भनी प्रश्न गर्नु स्वाभाविक नहुने उनको भनाइ छ ।
‘टिभी प्रस्तोता हुँदा त प्रश्नहरु सोध्नु, विषयहरु उठाउनु स्वभाविक हो । तर गृहमन्त्री त ठूलो जिम्मेवारी हो नि। त्यसमाथि पनि उपप्रधानमन्त्री । आज मैले उहाँले बोल्दै गर्दा यसो सुनिरहेको थिएँ, म तेरो फाइल खोल्दिउँ? अनुसन्धान गर्दिउँ? मेरो गर्छु भन्छस भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त ? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि । फाइल खोलेर देखाउनु, धम्काउने होइन।’
उनले गृहमन्त्रीले धमाधम फाइल खोलेर अनुसन्धान गर्नुपर्ने बताए । थापाले गृहमन्त्रीले भनेका सबै प्रकरणमा समिति बनाए हुने स्पष्ट पारे।
प्रतिक्रिया