नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने

नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताए।

उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालयअन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए।

उनले खुला कारागारको कुरा पनि नयाँ भएको बताए। गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए।

संसदको रमिता कहिले हट्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लामिछानेले कांग्रेसलाई सोध्नुपर्छ भन्ने जवाफ दिए।

Recent Comments

No comments to show.