हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन, दीर्घ रोगीलाई आवश्यकताअनुसार भर्ना

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन, दीर्घ रोगीलाई आवश्यकताअनुसार भर्ना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।

मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने-नपर्ने सम्बन्धमा निर्णय गर्नेछ।’

मन्त्रालयले चिकित्सकको सिफारिसमा भर्ना भएपनि अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परे उपयुक्त कारण खुलाउनु पर्ने बताएको छ ।

शारीरिक एवं मानसिक रुपमा अस्वस्थ, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थाका व्यक्तिलाई भने सरकारले अस्पतालमा राख्न अनुमति दिएको छ ।

Recent Comments

No comments to show.