नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको आयु बढी

नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको आयु बढी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसांख्यिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।

कार्यालयका अनुसार पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ।

पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाउँछ। कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्छन्।

सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।

सबैभन्दा कम महिलाहरुको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो।

यस्तै एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ। सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ। मधेस प्रदेशमा पनि बढी रहेको देखिएको छ।

नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ। छोरीहरुको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ। बागमती प्रदेशमा बढी छ भने सुदूरपश्चिम र मधेस प्रदेशमा छोराहरुको मृत्यु बढी देखिन्छ।

यसैगरी, नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको छ। तथ्यांक कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ०.२५ जनसंख्या वृद्धिदर रहेको छ।

पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६०.१ प्रतिशत र संयुक्त परिवार ३९.९ प्रतिशत रहेको छ। बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बागमतीमा ५४ रहेको तथ्यांक कार्यालयले जनाएको छ।

Recent Comments

No comments to show.