एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरूबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिब १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

उनले यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्‌बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए । एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५ सय ४७ जनाको मृत्यु भएका र ४ हजार १४७ जना गम्भीर घाइते भएका उनले उल्लेख गरे ।

सचिव अर्यालले विपद्‌बाट विगत दश वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि बताए । त्यस्तै दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका पनि उनले बताए ।

डढेलो प्रभावितहरूलाई प्रमुख जिल्ला अधिकारीमार्फत १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराइराखिएको र अस्थायी आवास बनाउनका लागि कार्यविधिलाई संशोधन गरेर ५० हजार रुपैयाँ दिइने पनि उनले बताए ।

उनले भने, ‘प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास भएको छ। राहत, उद्धार र अरु कामहरुमा खर्च गर्नुपर्ने र विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्थाले गर्दा विपद् नेपालको लागि चुनौतीको विषय भएको छ। २०७० सालदेखि २०७९ सम्म करिब १० वर्षको आकलन हेर्ने हो भने ४१ अर्ब ६० करोड क्षति भएको अनुमान छ।’

Recent Comments

No comments to show.