मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्री गर्न नपाइने

मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्री गर्न नपाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ।

गाउँपालिकाले शुक्रबार एक सूचना निकालेर मासुजन्य प्रयोजनका लागि स्त्री जातिका पशु चौपायाहरू बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो। 

जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ ।’ 

‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा अर्थात भैसी जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

Recent Comments

No comments to show.