जीबी राईबारे भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

जीबी राईबारे भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको हो।

गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खनाललाई पक्राउ गरेको हो।

मंगलबार पक्राउ परेका उनी अहिले परिसरको हिरासतमा छन्।

उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ।

Recent Comments

No comments to show.