कप्तान रोहित पौडेल भन्छन्– ‘खराब नतिजा बिर्सेर अगाडि बढ्छौं, अब निराश हुन दिन्नौं’

कप्तान रोहित पौडेल भन्छन्– ‘खराब नतिजा बिर्सेर अगाडि बढ्छौं, अब निराश हुन दिन्नौं’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोलि तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसीसी प्रिमियिर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेको भएपनि वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार रहेको बताएका हुन् ।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ । एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो ।

उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि धारणा पनि राखे । ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे ।

वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीले प्रमाणित गर्ने अवसर रहेको बताए ।

उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे । कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन् । यहाँबाट छनोट नहुने खेलाडीले विश्वकप पछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने धारणा राखेका छन्।

Recent Comments

No comments to show.