यस्तो छ ‘खजुरे ब्रो’ को गीत ‘मनि मनि’

यस्तो छ ‘खजुरे ब्रो’ को गीत ‘मनि मनि’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खजुरे ब्रो’ले प्रोमोसनल गीत रिलिज गरेको छ। निर्माणपक्षले शनिबार ‘मनी मनी’ बोलको र्याप गीत रिलिज गरेको हो।

वैशाख २८ गते रिलिज हुने सिनेमाको यो प्रचार गीत ‘पैसा’ बोलका चर्चित र्‍यापर कुशल पोखरेलको आवाज रहेको छ। गीतको शब्द पनि कुशलले नै लेखेका हुन्।

केपासको संगीतमा तयार भएको यो गीतमा पैसाको बयान गरिएको छ। बलिउडमा प्रचारका लागि यस्तो शैलीका भिडियोहरु बनाएर सिनेमाको प्रचार गर्ने प्रचलन भएकाले आफूहरुले पनि सोही शैली पछ्याउँदै ‘खजुरे ब्रो’को लागि ‘मनी मनी’ बोलको गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए।

नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ हाल चलिरहेको ट्रेन्ड भन्दा फरक स्वादमा बनेको रमाइलो फिल्म भएको र सोको प्रचार पनि छुट्टै शैलीले गरौँ भन्ने योजनाका साथ यो भिडियो निर्माण गरिएको जानकारी निर्माण टिमले दिएको छ।

यो प्रचार भिडियोमा नायिका नीति शाह, नवीन मानन्धर, रेअर राई, विनिता थापा मगर, महेस त्रिपाठी लगायतका फिचर छन्।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ। सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

Recent Comments

No comments to show.