कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता सुरु

कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । 

भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदै छ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।

उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए 

Recent Comments

No comments to show.