हामीले सहज महसुस गरेका छैनौं, गठबन्धन कति टिक्छ भन्न सक्दिनँः माधव नेपाल

हामीले सहज महसुस गरेका छैनौं, गठबन्धन कति टिक्छ भन्न सक्दिनँः माधव नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्। 

सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीति जटिल रहेको बताए। 

छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे। उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे।

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताए। उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरे। 

उनले भने, ‘नेपालको राजनीति जटिल छ। छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ। मैले दिन सक्दिन। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौं। कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं, समाजमा जन्मिएका होइनौं, राजनीतिमा लागेका होइनौं। कसैको दास बन्ने हाम्रो नियत होइनौं।’

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए।

Recent Comments

No comments to show.