बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ

बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ।

पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो। 

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो। मृतक किशोरी गर्भवतीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ। 

डडेल्धुरा अस्पतालमा शवको पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टि गरेको प्रहरीले जनाएको छ। अनुसन्धान गर्दै जादा मृतक किशोरीका श्रीमान् गत वर्ष साउनदेखि नै भारतमा रोजगारीको लागि पाइयो। 

कोशोरीका काका नाता पर्ने ३० वर्षीय पुरुषले ललाई फकाई डर धाक धम्कीसमेत दिई पटक पटक करणी गरेको गर्भवती बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी मारेको बयान दिएका छन्। मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएका छन् भने कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताए।

Recent Comments

No comments to show.