बिश्वभर एक करोड १६ लाख ६४ हजार ७२२ जना कोरोनामुक्त भएर घर फर्किए

बिश्वभर एक करोड १६ लाख ६४ हजार ७२२ जना कोरोनामुक्त भएर घर फर्किए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा कम संक्रमित थपिएका छन्।

केहीदिन अघि एकैदिन झण्डै तीन लाखसम्म संक्रमित थपिएका थिए। तर, पछिल्ला दिनमा संक्रमणदर घट्दै गएको छ। 

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो विश्वमा एक लाख ९८ हजार ७०१ जना संक्रमित थपिएका छन्। १६ साउनमा दुई लाख ८९ हजार ३२८ जना संक्रमित थपिएकामा त्यसको भोलिपल्ट १७ साउनमा दुई लाख ५५ हजार ८११ जना संक्रमित थपिएका थिए। यस्तै, १८ साउनमा दुई लाख १२ हजार ५१७ जना संक्रमित थपिएका छन्। 

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख ३४ हजार २७२ पुगेको छ।  संक्रमितमध्ये एक करोड १६ लाख ६४ हजार ७२२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ६० लाख ७२ हजार ७२२ सक्रिय संक्रमित छन्। ६४ हजार ७३२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ९६ हजार ७९५ जनाको मृत्यु भएको छ। 

Recent Comments

No comments to show.