कोरोना संक्रमण र मृत्युदर उच्च हुनेमा अमेरिका र ब्राजिलभन्दा भारत अघि

कोरोना संक्रमण र मृत्युदर उच्च हुनेमा अमेरिका र ब्राजिलभन्दा भारत अघि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलभन्दा भारत अघि रहेको छ ।

वर्ल्डओमिटरको अपडेट अनुसार भारतमा कोरोना संक्रमणबाट सात सय ५८ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ब्राजिलमा पाँच सय १४ र अमेरिकामा चार सय ६७ जनाले ज्यान गुमाएका छन्।

यस अवधिमा संक्रमित पनि भारतमा धेरै देखिएका छन्। भारतमा ५२ हजार सात सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा ४९ हजार ३१ र ब्राजिलमा २४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार तीन सय ६८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। यो सँगै विश्वभर संक्रमितको संख्या एक करोड ८२ लाख २१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ९२ हजार नाघेको छ।

अहिलेसम्म एक करोड १४ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

Recent Comments

No comments to show.