काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ३।४३ अंकले घटेर २००६।७८ विन्दुमा झरेको हो ।
यसदिन ३२२ कम्पनीको २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० वटाको परिसूचक घटेको छ भने अन्य ३ को बढेको छ ।
प्रतिक्रिया