विपिन र सौगातको ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक

विपिन र सौगातको ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘द रेड सुटकेस’ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिडेल देवकोटाको डेब्यू निर्देशनको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक २ मिनेट १४ सेकेण्ड लामो ट्रेलरले विदेशबाट आएको शवको वाकसमा ‘पिकअप भ्यान’मा लिएर गन्तव्यसम्म पुर्‍याउने पात्रलाई देखाएको छ।

ट्रेलरमा सिनेमाका मुख्य अभिनेताहरु सौगात मल्ल, प्रविण खतिवडा, विपिन कार्की तथा श्रृष्टि श्रेष्ठलाई स्थान दिइएको छ।

सिनेमा ड्राइभर बनेका सौगातले विदेशमा काम गर्दा कामदारले लगाउने निलो लुगामा रातो सुटकेस बोकेका प्रविण खतिवडासँगको यात्रालाई पेस गर्छ। ट्रेलरमा विपिन र सौगातबीच संवादहरु चल्छन् भने खतिवडालाई सुटकेस डोर्‍याइरहेको देख्न सकिन्छ।

सार्वजनिक ट्रेलरले नेपाली सिनेमामा फरक स्वाद खोज्नेहरुका लागि यो सिनेमा रुचिकर हुन सक्छ। सिनेमाले वैदेशिक रोजगारमा जाने आम नेपालीको आप्रवासी जीवनको कथा पेस गर्छ। 

विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको यो सिनेमा नेपाली बक्सअफिसमा एउटा ‘अन्डरडग’ सिनेमा बन्नसक्छ। 

यो सिनेमाले जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा आफ्नो प्रभावकारी उपस्थिति जनाइसकेकाले यसले ‘अन्डरडग’ बन्ने सम्भावना देखाएको हो। सिनेमा चैत ३० गते रिलिज हुँदैछ। 

रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए।

Recent Comments

No comments to show.