काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘त्रिपल ए’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई यस वर्ष पनि ‘इक्राएनपी आइआर त्रिपल ए’ रेटिङ दिएको हो ।
बैंकले सन् २०२० देखि लगातार त्रिपल ए रेटिङ पाएको हो । इक्रा नेपालले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, निष्क्रिय कर्जा, नियमन लगायतको मूल्यांकनमा चार्टर्डलाई उक्त रेटिङ दिइएको हो ।
यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरू पूरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको जनाउँदछ ।
तुलनात्मक रूपमा अरु वाणिज्य बैंकहरूको भन्दा चार्टर्डको खराब कर्जा निकै कम छ । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.६० प्रतिशत मात्रै छ । जबकि वाणिज्य बैंकहरूको औसत खराब कर्जा नै ३.६३ प्रतिशत छ ।
साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दाबी छ ।
प्रतिक्रिया