आज संवैधानिक परिषदको बैठक बस्दै

आज संवैधानिक परिषदको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संवैधानिक परिषदको बैठक बस्दैछ। 

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो। बैठक आज बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको थियो।  

आजको बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ।  यही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो। 

नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक ओली र देउवा एकैसाथ बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ। एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्‌मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ।​ 

परिषद्को नयाँ संरचनामा कांग्रेसले प्रवेश पाएको छ भने एमाले पृष्ठभूमिका पदाधिकारीको संख्या घटेको छ।

यसअघि सत्तापक्षमा हुँदा पनि कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषद्‌मा थिएन। विपक्षी दलका नेताका रूपमा अब संवैधानिक परिषद्‌मा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन्। 

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन्। 

Recent Comments

No comments to show.