यसकारण बढ्यो कोरोना सङ्क्रमण

यसकारण बढ्यो कोरोना सङ्क्रमण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरे । उनका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुन जरुरी छ ।

शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिए । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै उनले कतिपयले भीडभाडमा कुराकानी गर्दा मास्क खोलेर गर्ने गरेकाले जोखिम बढाएको बताए ।

जोर–बिजोर प्रणाली लागू गरिए पनि वा बन्दाबन्दी गरिए पनि व्यक्तिगत रूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोना भाइरस सर्न सक्छ, प्रवक्ता डा। गौतमले चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ भने । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो । -गोरखापत्र दैनिक

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Recent Comments

No comments to show.