मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले रोमाञ्चक जित हात पारेको छ। आइतबार राति भएको खेलमा  गुजरातले  मुम्बईलाई ६ रनले स्तब्ध पारेको हो।

गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो। डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिए। साई किशोरले एक विकेट हात पारे। मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो। गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए। उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए। 

कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए। मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए।

Recent Comments

No comments to show.