परराष्ट्र मन्त्री श्रेष्ठ आज चीन जाँदै

परराष्ट्र मन्त्री श्रेष्ठ आज चीन जाँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन्। 

नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन्।  चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना भने छैन। तर नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजनालगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपाल चीनबीच बीआरआई सम्झौता भए पनि त्यो परियोजना ऋणमा सञ्चालन गर्न नसकिने नेपालको अडान छ। केरुङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको चीन बीआरआई परियोजना अगाडि बढाउन चाहन्छ। त्यसका लागि पनि यो भ्रमण महत्त्वपूर्ण हुन सक्छ। 

श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। यो भ्रमणमा श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीलाई सुरक्षित फिर्ता ल्याउन चीनमार्फत् कूटनीतिक पहल गर्नुपर्ने परराष्ट्र मामिलाका जानकार सुरेन्द्र कार्कीको सुझाब छ।

Recent Comments

No comments to show.