ठगीको आरोप लागेका गृहमन्त्री रविमाथि छानविन हुनैपर्छ : कांग्रेस

ठगीको आरोप लागेका गृहमन्त्री रविमाथि छानविन हुनैपर्छ : कांग्रेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ आज पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन्।

उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन्।

उनले भनिन्, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडि संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो। पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस्। हामी सत्ता हाँकिरहन्छौँ। कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ? त्यो कदापि पनि हुन सक्दैन।’

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताइन्। उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने बताइन्।

Recent Comments

No comments to show.