२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने

२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ मुद्दतीमा राख्ने जानकारी गराएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकका अनुसार १ अर्ब ५२ करोड ८९ लाख वाणिज्य बैंकमा, २८ करोड ६६ लाख विकास बैंक र ९ करोड ५५ लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागिएको हाे ।

राष्ट्र बैंकले उक्त रकम १ वर्ष अवधि अर्थात् २ वैशाख २०८१ देखि १ वैशाख २०८२ सम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी चैत ८ गतेदेखि ९ गते बेलुका ७ बजेसम्म आवेदन बुझाउन सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन पाउने छन् । त्यस्तै, कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Recent Comments

No comments to show.