कैलालीका १३७ साना उद्योग बन्द

कैलालीका १३७ साना उद्योग बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कच्चा पदार्थ अभावमा कैलाली जिल्लामा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्। 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ। 

कैलालीमा हालसम्म १५ हजार ४३४ उद्योग दर्ता भएका छन्। जिल्लामा दर्ता भएका उद्योगमध्ये १३७ उद्योगको दर्ता खारेज भएको छ। हालसम्म उत्पादनमूलक तीन हजार १९४, कृषि छ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन्।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार ४३४ उद्योगमा २५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको छ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार १२० महिला र ६९ हजार ६११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ। यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले ५२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आव २०८०/८१ को फागुनसम्मएक करोड पाँच लाख रुपैयाँ राजस्व संकलन भएको छ।

Recent Comments

No comments to show.