गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण

गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । 

आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ। 

यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन्। 

यसैबीच, बेलायतले गाजामा २ हजार टन खाद्यान्न सहयोग पुगेको जनाएको छ। बेलायतले अनुदान दिएको २ हजार टनभन्दा बढी खाद्यान्न सहायता जोर्डन हुँदै गाजामा पुर्‍याएको हो। 

करिब २ लाख ७५ हजार मानिसलाई खुवाउन सक्ने खाद्यान्न विश्व खाद्य कार्यक्रमले वितरण गर्ने बताइएको छ।

Recent Comments

No comments to show.