एमाले डडेल्धुराको अध्यक्षमा शाही

एमाले डडेल्धुराको अध्यक्षमा शाही

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा। नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्।

एमाले डडेल्धुराको नवाै‌ अधिवेशनबाट अध्यक्षमा शाहीलाई सर्वसम्मत चयन गरिएको हो। तर, निर्वाचन कमिटीले भने आधिकारिक घोषणा गर्न बाँकी छ। शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको भएपनि अन्य पदमा सहमति जुटाउन नेताहरू छलफलमा जुटिरहेका छन्। एमाले डडेल्धुराको अधिवेशन सोमबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

गन्यापधुरा गाउँपालिका–३ का शाही २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै  जिल्ला सचिव तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ सालमा जिल्ला अध्यक्ष बने।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा  सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।

Recent Comments

No comments to show.