भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा ५४ हजार बढी थपिए

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा ५४ हजार बढी थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको हो ।

शुक्रबार विहानसम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको छ ।

Recent Comments

No comments to show.