कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए।

‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने, ‘सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ?’

सहकारी गठी प्रकरणमा जोडिएका व्यक्तिलाई नै छानविन गर्ने नियकायकै तालाचाबी सुम्पिएको भन्दै सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरेका छन्।

‘अघिल्लो गठबन्धन तोड्दा उहाँले कांग्रेसका कारण सुशासन कायम गर्न नसकिएको आशय व्यक्त गर्नुभयो। सुशासनकै चिन्ताले गठबन्धन तोडेको भन्नुभयो। सम्माननीय प्रधानमन्त्री ज्यूलाई म प्रश्न गर्न चाहन्छु– जसको अनुसन्धन जुन मन्त्रालयले गर्नुपर्ने हो, त्यही मन्त्रालयको तालाचावी अनुसन्धान गरिनुपर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुनसक्छ?,’ सांसद पौडेलले प्रधानमन्त्रीलाई प्रश्न गरे।

पौडेल प्रहरीले राजनीतिक मान्छेलाई छानविनको दायारामा ल्याउन नसकेको बताए। उनले सुन तस्करी प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गरेको गृहमन्त्रीले नै स्वीकार गरेको उनले बताए।

‘तपाईं मातहतको गृहमन्त्रालयमा प्रमाण नस्ट हुँदा तपाईं कुन नैतिकताले कुर्सीमा बसिहरनु भएको छ, म प्रश्न गर्न चाहन्छु,’ उनले भने, ‘सुन काण्डले धेरैलाई प्रश्न गरेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रश्नैप्रश्नले धेरिएका मान्छेहरुका बीचमा बसेर तपाईंले सुशासन लागू गर्न सक्नुहुन्छ? कि यो सुशासन भनेको भन्ने कुरा हो?’

सांसद पौडेलले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलाने नजीर स्थापित गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। उनले प्रधानमन्त्रीबाट त्यसको इमान्दार प्रतिपबद्धता संसदमा व्यक्त गर्नुपर्ने बताए।

यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि उनको माग छ। ‘विगत केही दिनदेखि निरन्तर रुपमा प्रमुख प्रतिपक्षले संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री त्यो प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नुभएको छ । प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्डर्ड देखियो,’ उनले भने।

Recent Comments

No comments to show.